
रौतहट – प्रेम प्रस्ताव अस्वीकार गर्दा चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास एसिडको सिकार बन्न पुगेकी छन् । आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटकपटक प्रेम प्रस्ताव राखे पनि उनले अस्वीकार गर्दै आएकी थिइन् । आफ्नो बुबाभन्दा निकै जेठो छिमेकीको यस्तो हरकतबारे सम्झनाले अभिभावकबीच कुरा राख्न नपाउँदै भदौ २६ गते राति एसिड आक्रमणबाट गम्भीर घाइते बनिन् । उनी अहिले कीर्तिपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेकी छन् । पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।