२५ असार २०८३, बिहीबार

'माग्नेबुढा' र 'रातामकै'लाई प्रवल जनसेवा श्री

'माग्नेबुढा' र 'रातामकै'लाई प्रवल जनसेवा श्री

काठमाडौं – हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) र किरणकुमार केसी (रातामकै)ले प्रबल जनसेवा श्री पदक पाउने भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकारलाई मानपदवी दिने घोषणा गर्नुभएको छ । गायक पशुपति शर्मा, नाट्यकार सुनील पोखरेल, गायक गुरुदेव कामतलाई पनि प्रबल जनसेवाश्री पदक दिइने भएको छ । 

गायकहरू प्रेमध्वज प्रधान, बमबहादुर कार्की, नन्दकृष्ण जोशी, अरुणा लामा (मरणोपरान्त) तथा संगीतकार शम्भुजित बास्कोटालाई भने सुप्रबल जनसेवा श्री पदकद्वारा विभुषित गर्ने घोषणा भएको गृहमन्त्रालयले बुधवार सूचना मार्फत जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्