
काठमाडौं — विभिन्न स्त्रीहरूसँग आफ्ना असंख्य सम्बन्धका कारण चर्चामा रहने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विषउमा पोर्नस्टार स्टोर्मी डेनियल्सले अनेकौं खुलासा गरेकी छन् ।
नयाँ किताब फुल डिस्क्लोजरमा उनले अहिलेसम्म सम्बन्ध बनाएका व्यक्तिमध्ये ट्रम्पसँगको सम्बन्ध सबभन्दा झुर रहेको लेखिन् ।
डेनियल्सले सन् २००७ मा ट्रम्पसँग बिताएका क्षणको उल्लेख गरेकी छन् । उनले एक होटेलको कोठामा केबल टेलिभिजनमा ट्रम्पसँग बसेर शार्क वीक हेरेको लेखिन् । त्यतिबेलै ट्रम्पलाई हिलारी क्लिन्टनको फोन आयो र उनीहरूले चुनावको कुरा गरे ।
हिलारी त्यतिखेर बाराक ओबामाविरुद्ध डेमोक्रेटिक प्राइमरी चुनाव लडिरहेकी थिइन् । 
डेनियल्सले पुस्तकमा ट्रम्पको गुप्तांगका बारेमा खुलासा गरेकी छन् । ट्रम्पको लिंग च्याउ जस्तो भएको उनले लेखिन् । उनका अनुसार, ट्रम्पको लिंग औसतभन्दा सानो छ र च्याउ जस्तो देखिन्छ ।
डेनियल्सले यसअघि पनि ट्रम्पमाथि आक्रमण गरिसकेकी छन् । एक टीभी कार्यक्रममा उनले ट्रम्पसँगको सम्बन्धमा विषयमा चुप लाग्न धम्की दिइएको बताएकी थिइन् ।
स्टोर्मीले भनिन्, ‘एकदिन एकजना अचानक आयो र ट्रम्पका बारेमा नबोल भन्यो ।’ सीबीएस टेलिभिजनको कार्यक्रम ६० मिनेट्समा स्टोर्मीले यो कुरा भनेकी हुन् ।
ट्रम्पले राष्ट्रपति चुनावका बेलामा स्टोर्मीलाई चुप रहनका लागि मोटो रकम खर्चिएको यसअघि नै खुलासा भइसकेको छ ।
एजेन्सी