काठमाडौं, २९ मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ३१ जना मन्त्रीहरको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण अनुसार पत्नी सिता दाहालको नाममा भरतपुर चितवनमा १ कठ्ठा जमिन र सुन तीन तोला रहेको उल्लेख छ ।
प्रचण्डकोे सम्पत्ति विवरण तत्कालीन प्रधानमन्त्री सुशील कोइरालापछि को कम हो । कोइरालाले आफ्नो सम्पत्ति विवरणमा तीनवटा मोबाइल सेट भएको उल्लेख गरेका थिए ।
सरकारले आज सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार पू्रधानमन्त्री प्रचण्डको चितवनमा रहेको सम्पत्ति पत्नी सीता दाहालको भएको उल्लेख छ ।
प्रचण्डले बुझाएको सम्पत्ति विवरण भदौमा बुझाइएको जनाइएको छ । जसलाई केरमेट गरिएको छ ।