०४ असार २०८३, बिहीबार

पाकिस्तानी अदालतद्वारा नवाज शरीफको सजाय निलम्बन, थुनामुक्त गर्ने आदेश

पाकिस्तानी अदालतद्वारा नवाज शरीफको सजाय निलम्बन, थुनामुक्त गर्ने आदेश

काठमाडौं — एक पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफ, उनकी छोरी र उनका ज्वाईंको कारावास सजाय निलम्बन गरेर उनीहरू धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ । 

इस्लामाबाद उच्च अदालतले बुधवार भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । उक्त मुद्दा भ्रष्टाचारप्रतिरोधी एक न्यायाधिकरणले शरीफहरूविरुद्ध यसै वर्षको शुरूआतमा हालेको थियो । 

अदालतले शरीफ, छोरी मर्यम र ज्वाईं मोहम्मद सफदरलाई थुनामुक्त गर्न आदेश पनि दिएको छ र उनीहरू प्रत्येकले ८० हजार रुपैयाँ धरौटी राखेर थुनामुक्त हुन पाउनेछन् । 

शरीफले १० वर्ष, मर्यमले सात वर्ष र सफदरले एक वर्षको कारावास सजाय पाएका छन् । 

शरीफलाई गत वर्ष देशको सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा पदमा अयोग्य ठहर गरेको थियो । 

उनलाई यसै महिनाको शुरूआतमा पत्नीको अन्तिम संस्कारका लागि छोटो समयका लागि थुनामुक्त गरिएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्