
काठमाडौं– कांग्रेस उपसभापति बिमलेन्द्र निधिले मधेशवादी दलले संविधानअनुसार निर्वाचनमा भाग लिने तर संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु दोहोरो चरित्र भएको बताएका छन् ।
पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले प्रदेश सरकारलाई सुरक्षा, निजामती लगायतका कर्मचारी नदिई सङ्घीयता नै असफल बनाउन खोजेको आरोप लगाए ।