०५ साउन २०८३, मंगलबार

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको संसदीय सुनुवाई शुरु

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको संसदीय सुनुवाई शुरु

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई शुरु भएको छ ।

सिंहदरबारमा १ बजेपछि बोलाइएको बैठक शुरु भएको हो । घिमिरेविरुद्ध कुनै पनि उजुरी परेको छैन ।

संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्