२३ असार २०८३, मंगलबार

ट्रकसँग बस ठोक्कियाे : १६ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

ट्रकसँग बस ठोक्कियाे : १६ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

कावासोती-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो । सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन् । अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सुुनवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कँुवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्