२२ असार २०८३, सोमबार

७ नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राजधानी तेघरीमा राख्न प्रस्ताव

असोज ९, २०७५
७ नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राजधानी तेघरीमा राख्न प्रस्ताव

काठमाडौं – ७ नम्बर प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्न सुझाव समितिका बहुमत सदस्यले निर्णय गरेका छन् ।

विशेष समितिले लिएको सुझाव अनुसार बहुमतले प्रस्ताव गरेको सुदूरपश्चिम नामलाई मंगलबार बसेको संसद् बैठकमा पेश गरिएको छ । समितिको प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालिएको छ ।

प्रदेश यसअघि पनि सुदूरपश्चिमकै नामले चिनिएको थियो । प्रदेश राजधानी गोदावरी नगरपालिका–४ तेघरीमा आर्मी व्यारेक आसपासमा रहने समितिले सिफारिस गरेको छ । अत्तरिया र गोदावरी क्षेत्रको बीचमा तेघरी पर्छ । संसद् बैठक जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्