२३ असार २०८३, मंगलबार

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

असोज ९, २०७५
ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

बेइजिङ– ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । 

अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको छ । 

राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन गरेको छ, चीनको विदेशमन्त्रालयले मङ्गलबार जनाएको छ । 

अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्यको विरुद्धमा छ, विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए । 

यो एक चीन नीति चीनको सार्वभौम अधिकार र सुरक्षा चासोको बिषयसमेत रहेको प्रवक्ता गेङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्