२५ जेठ २०८३, सोमबार

संसदीय समिति सक्रिय बन्न थालेपछि संसदका बैठक दिउँसोमा

संसदीय समिति सक्रिय बन्न थालेपछि संसदका बैठक दिउँसोमा

काठमाडौं–मिनि पार्लियामेन्ट भनिने संसदीय समिति सक्रिय बन्न थालेपछि संसदका बैठक दिउसोमा बस्न थालेका छन् । असोज ५ गते समितिले सभापति पाएपछि संसदीय समितिहरु सक्रिय बन्न थालेका हुन ।

यसअघि बिहान ११ बजे बस्दै आएका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउसो बस्न थालेका हुन । बुधवार प्रतिनिधि सभाको बैठक दिउसो २ बजे र राष्ट्रि सभाको बैठक दिउसो ३ बजे बस्दैछन ।

समिति गठन भएको लामो समयपछि संसदीय समितिले नेतृत्व पाएसँगै समितिले काम थालेका छन् । बुधवार बिहान प्रतिनिधि सभा अन्तरगतको विकास समितिको बैठक बस्दैछ । 

संसद सचिवालय सिंहदरवारमा बस्ने बैठकमा दशैंको समयमा लामो दूरीका यातायात व्यबस्थापनको बिषयमा छलफल गर्ने कार्यसूची रहेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन ।

दशैंको समयमा यातायातको व्यबस्थापनबारे समितिले भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव र यातायात व्यबस्था विभागका महानिर्देशकलाई समितिमा बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्