०२ साउन २०८३, शनिबार

माउ अरिंगाल र बच्चाको नाम लिँदै कांग्रेस सांसदले गरे गोरखादेखि अफ्रिकासम्मको चर्चा

माउ अरिंगाल र बच्चाको नाम लिँदै कांग्रेस सांसदले गरे गोरखादेखि अफ्रिकासम्मको चर्चा

काठमाडौं –कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपाका कार्यकर्तालाई अरिंगालजस्तो बन्न निर्देशन दिनु नकारात्मक सोच भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बिहीवार बोल्दै उनले अरिंगालको चर्चा गरे । त्यसक्रममा उनले गोरखादेखि दक्षिण अफ्रिकासम्मको प्रसंग निकालेका थिए ।

के भने उनले ?

अहिले नेपालमा अरिंगालको धेरै चर्चा छ । माउ अरिंगालले जाइलाग्नू भनेपछि केही बच्चा अरिंगालहरू भुनभुन गरेको पनि हामीले सुन्यौं । सभामुख महोदय अरिंगालले बाँचुञ्जेल मानिसलाई हानी गरिरहँदो रहेछ । तर अरिंगालको सिकारपछि स्वादिष्ट भोजनको रूपमा लिइँदो रहेछ । हालसालै गोरखाका होटलहरूमा अरिंगालका प्रकारहरूको बिक्री बढेको समाचार पढ्न/सुन्न पाइयो । दक्षिण अफ्रिकामा वैज्ञानिकहरूको अनुसन्धानअनुसार अरिंगाल क्यान्सरको उपचारमा  प्रयोग गर्न पाइन्छ भन्ने पनि सुन्न पाइयो । तसर्थ सहकर्मीहरूलाई अरिंगालको रूप लिन निर्देशन दिनु एक नकारात्मक सोच रहेको सावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्