१० साउन २०८३, आइतबार

७ नम्बर प्रदेशको सिफारिस नाम र राजधानी ‘बेठीक’ भन्दै सांसदको आपत्ति

७ नम्बर प्रदेशको सिफारिस नाम र राजधानी ‘बेठीक’ भन्दै सांसदको आपत्ति

काठमाडौं – कैलालीबाट निर्वाचित सांसद नारदमुनि रानाले ७ नम्बर प्रदेशको नाम र राजधानीबारे गरिएको सिफारिस बेठीक भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले प्रदेशको राजधानी र नाम दुवै बेठीक सिफारिस गरिएको बताए । राना निर्वाचित क्षेत्र धनगढीमा हाल प्रदेशको अस्थायी राजधानी छ । तर, प्रदेश सभाको समितिले अर्काे निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिकामा स्थायी राजधानी राख्न सिफारिस गरेको छ ।

समितिले प्रदेशको नाम सुदूरपश्चिम राख्न गरेको सिफारिस समेत बेठीक भएको रानाले बताए । बैठकमा बोल्दै उनले समृद्धिको आधार पहुँचमार्ग भएका कारण भारतको गौरीफन्टादेखि चिनियाँ सीमा ताक्लाकोटसम्म द्रुतमार्ग निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

समितिको सिफारिसलाई धनगढीका वासिन्दाले समेत विरोध गरिरहेका छन् । विरोधले आन्दोलनको रुप लिने संकेत समेत मिलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्