२७ जेठ २०८३, बुधबार

लामो दूरीमा चल्ने रात्रि बसमा दुई चालक अनिवार्य

लामो दूरीमा चल्ने रात्रि बसमा दुई चालक अनिवार्य
फाइल तस्बिर

अत्तरिया– प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । 

प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज यातायात व्यवसायीलाई मन्त्रालयमा बोलाएर सो निर्देशन दिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिए । 

उनले २०० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरुप गर्न व्यवसायीलाई निर्देशन दिइएको बताए । 

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दशैँ आइरहेकाले यो समयमा यात्रुको चाप बढी हुने गरेकाले यात्रीको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले नियमनमा कडाइ गर्न लागेको बताए । गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरिएको मन्त्री बोहराले बताए । 

यातायात व्यवस्था कार्यालय धनगढीले दशैँ र तिहारको समयमा यात्रुको सुविधाका लागि धनगढीको चौराहा र अत्तरियाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने जानकारी दिएको छ । ट्राफिक प्रहरीले दशैँ र तिहारमा यात्रीलाई सुरक्षित रुपमा गन्तव्य सम्म पु¥याउन ट्राफिक नियमको पालना गर्नुपर्ने, यात्रीको सामानभन्दा बाहेक अन्य सामान बोक्न नपाइने र सिटभन्दा बढी यात्री राखेको पाइएमा नियमअनुसार हुने कार्वाही गरिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्