३१ जेठ २०८३, आइतबार

एडीबीको विश्लेषण, आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने

असोज ११, २०७५
एडीबीको विश्लेषण, आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने

काठमाडौं–एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४÷७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ ।

 नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो ।

गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर देखिएकाले वृद्धिदर घटेको एडीबीको दाबी छ । ‘अघिल्लो वर्षमा कृषि क्षेत्रको उच्च योगदानसहित ७ दशमलव ४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन÷भदौमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धि घटेको हो,’ एडीबीले भनेको छ ।


अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भएको छ । एडीबीका अनुसार गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८ दशमलव ८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६ दशमलव ६ प्रतिशत छ । भूकम्पपछिको पुनर्निर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडीबीले उल्लेख गरेको छ ।राजधानी दैनिकमा खबर छापिएकाे छ । 

यो सँगै एडीबीले चालू आर्थिक वर्ष २०७५÷७६ मा नेपालको आर्थिक वृद्धि गत आर्थिक वर्षको भन्दा पनि घटेर जम्मा ५ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्