०७ असार २०८३, आइतबार

स्यार्पू महोत्सव आजबाट शुरु हुँदै

स्यार्पू महोत्सव आजबाट शुरु हुँदै

रुकुम पश्चिम-   दोस्रो स्यार्पू पर्यटन महोत्सव बिहीबारदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले महोत्सवको उद्घाटन गर्नुहुनेछ । 

बाँफीकोट गाउँपालिकाको समृद्धिका लागि  महोत्सव आयोजना गरिएको हो ।  यसअघि २०६७ सालमा पहिलो पटक स्यार्पूताल छेउमा पर्यटन महोत्सव आयोजना गरिएको थियो । स्थानीयस्तरको संस्कृति, स्थानीय उत्पादनको प्रवद्र्धन, स्यार्पुताल तथा अन्य धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी गाउँपालिकाको विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका सचिव चन्द्रबहादुर केसीले बताउनुभयो । 
 

कमेन्ट गर्नुहोस्