२६ जेठ २०८३, मंगलबार

सेटिङ आरोपमा अध्यागमन कर्मचारीमाथि कारबाही

असोज ११, २०७५
सेटिङ आरोपमा अध्यागमन कर्मचारीमाथि कारबाही

काठमाडौं– विमानस्थल अध्यागमनले पर्यटक भिसामा दुबईलगायत खाडी देश पठाउने सेटिङमा अध्यागमनका कर्मचारीको मिलेमतो सम्बन्धमा छानबिन गरी प्रतिवेदन तयार पारेको छ ।


उक्त प्रतिवेदनकै आधारमा विमानस्थल अध्यागमनले एक अधिकृतलाई १५ दिनका निम्ति कामविहीन बनाएको छ । यसअघि अर्का अधिकृत पनि यस्तै कारबाहीमा परेका थिए । अध्यागमन प्रमुख राजेश पौडेलले कर्मचारीबाट त्रुटि भएको र त्यसमा संलग्नलाई कारबाही गरिएको बताए ।


प्रतिवेदनमा एयर इन्डियाको विमानमार्फत भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन नेपाली महिला विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनुवारलाई भारतीय अध्यागमनले ‘लो प्रोफाइल’ भन्दै फिर्ता पठाइदिएको घटनाबारे उल्लेख छ । तीनमध्ये सुजाता र ममता पासपोर्ट लुकाएर नागरिकताका आधारमा मात्रै भारत उडेको तर विष्णु भने विमानस्थलबाट उडान अनुमति नलिई भारत पुगेको प्रतिवेदनमा जनाइएको छ । कान्तिपुरमा  खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्