१२ असार २०८३, शुक्रबार

लागूऔषध नियन्त्रणका लागि कुकुरकाे प्रयाेग, तीन महीनामा २७ जना पक्राउ

लागूऔषध नियन्त्रणका लागि कुकुरकाे प्रयाेग, तीन महीनामा २७ जना पक्राउ

दमौली-चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् । नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका हुन् । 

पोखराबाट ल्याइएको सीमा र चेरी नाम गरेका कुकुरको सहयोगमा प्रहरीले बुधबार राति पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ना१ख ३६७९ नं को धादिङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसमा सवार सार्कीलाई तीन किलो गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका सार्कीविरुद्ध अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्