
काठमाडौं –बंगलादेशी कम्पनी युएस बंगलाको विमान ठूलो दुर्घटनाबाट बचेको छ । सोही कम्पनीको विमान गत फागुन २८ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।
दुर्घटनापश्चात बंगलादेशी मिडिया र उक्त कम्पनीले नेपाली आकाश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दुर्घटनाको कारणको रूपमा व्याख्या गरेका थिए । त्यसयता युएस बंगलाको नेपाल उडान स्थगित भएको छ ।
बुधवार कोक्स बजारबाट १७१ यात्रु बोकेर उडेको बोइङ ७३७ विमानको ल्याण्डिङ गेयरमा समस्या देखिएपछि चटगाउँमा फोर्स ल्याण्डिङ गरिएको बंगलादेशी मिडियाहरूले जनाएका छन् ।