०२ असार २०८३, मंगलबार

बलात्कारीलाई ‘जोगाउन’ कपिलबस्तुमा स्थानीयमाथि प्रहरीको अश्रु ग्यास प्रहार

कात्तिक २०, २०७४
बलात्कारीलाई ‘जोगाउन’ कपिलबस्तुमा स्थानीयमाथि प्रहरीको अश्रु ग्यास प्रहार
काठमाडौं, १३ फागुन — कपिलबस्तुको हर्दौनामा ‘बलात्कारी’लाई जोगाउने क्रममा प्रहरी अश्रु ग्यास प्रहार गर्न बाध्य भएको छ । बालिकालाई बलात्कार प्रयास गर्ने व्यक्तिलाई स्थानीयले आफूहरुलेनै कारबाही गर्न पाउनुपर्ने माग गर्दै प्रहरीसँग झडप गर्न खोजेपनि अश्रु ग्यास प्रहार भएको हो ।

हिँजो खेतमा गएकी १२ वर्षी बालिकालाई स्थानीय सद्दाम पठानले बलात्कार गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीका अनुसार २८ वर्षीय पठानले बालिकाको हात समाएका थिए । त्यो बेला बालिका चिच्याएकी थिइन् । बालिका चिच्याएपछि चाहिँ पठान दगुरेर आफ्नै घरमा गएर बसेका थिए ।

यस्तो सूचना अनुसार प्रहरीले हिँजोनै पठानलाई पक्राउ गरिसकेको छ । तर स्थानीयले बलात्कारीलाई आफैले कारबाही गर्न पाउँ भनेर आन्दोलन सुरु गरेपछि प्रहरीले अश्रु ग्यास हानेको हो ।

प्रहरीका अनुसार १० राउण्ड अश्रु ग्यास र चार राउण्ड हवाई फायर भएको छ । स्थानीयले तनाबको क्रममा प्रहरीका तीनवटा गाडी तोडफोड गरेका छन् ।

झडपको क्रममा प्रहरी स्थानीय वासिन्दा गरेर २० जना घाइेत भएका छन् । स्थिती नियन्त्रणमा लिनको लागि अन्य प्रहरी चौकीबाट पनि प्रहरीलाई हर्दौना पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्