०४ असार २०८३, बिहीबार

झण्डै पौने दुई लाख कुर्दिस सुरक्षाकर्मीद्वारा मतदान

असोज १२, २०७५
झण्डै पौने दुई लाख कुर्दिस सुरक्षाकर्मीद्वारा मतदान

बग्दाद– उत्तरी इराकको अर्ध स्वायत्त कुर्दिस क्षेत्रमा भएको संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । 

शुक्रबार भएको मतदानका लागि झण्डै एक लाख ७० हजार कुर्दिस सुरक्षाकर्मी मतदानका लागि योग्य भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समय अनुसार विहान ७ बजेदेखि मतदान सुरु भएको क्षेत्रीय स्वतन्त्र उच्च निर्वाचन र जनमत संग्रह आयोगका प्रवक्ता शेरवान जारारले जानकारी दिए । मतदान बेलुका ६ बजे सम्म चल्ने जनाइएको छ । 

तीन प्रदेशमा ९३ मतदान केन्द्रहरु तोकिएका छन् । अहिले एर्बिल, सुलाइमानीयाह र डोहुक क्षेत्रमा निर्वाचन भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्