काठमाडौं, १३ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हतियार क्षमता घटेकाले आणविक हतियारहरू बढाउनुपर्ने बताएका छन् ।

ओभल अफिसमा रोयटर्स न्युज एजेन्सीलाई अन्तर्वार्ता दिँदै ट्रम्पले चीनको इच्छा भएमा उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमबाट उत्पन्न खतरा सजिलै समाधान हुने बताए ।
इजरायल र प्यालेस्टाइनबीचको विवाद हल हुनुपर्ने र आफू युरोपेली संघको साथमा रहेको पनि उनले दाबी गरे ।
ट्रम्पले राष्ट्रपति भएपछि आणविक हतियारको विषयमा पहिलोचोटि टिप्पणी गर्दै अमेरिकाको आणविक हतियार क्षमता बढाउनुपर्ने बताएका हुन् ।
‘कि त कुनै पनि देशसँग आणविक हतियार हुनु भएन । तर सबै देशसँग हतियार छ भने अमेरिका शीर्ष स्थानमा हुनुप–यो,’ ट्रम्पले भने ।
आणविक हतियारविरोधी एक समूहका अनुसार, रुससँग सात हजार र अमेरिकासँग ६ हजार ८०० आणविक हतियार छन् ।
एजेन्सीको सहयोगमा