१६ असार २०८३, मंगलबार

गण्डक नहरमा डुबेका राकेश बानियाँको शव फेला

गण्डक नहरमा डुबेका राकेश बानियाँको शव फेला

नवलपरासी-पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् । भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो । 

गत मङ्गलबार राति प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकैबाट बेपत्ता भएका बानियाँको शव प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नहरमा फेला परेको प्रहरीले जनाएको छ । 
बेपत्ता भएका बानियाँको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी गरेपछि प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नजिकैबाट शव फेला परेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्