
काठमाडौं– उत्तरी अमेरिकाको क्यारिबियन सागर तटको बारबाडोस देशको नाम धेरैलाई थाहा नहुन सक्छ । तर उक्त देशकी ३० वर्षीया चर्चित गायिका, गीतकार तथा अभिनेत्री रोबिन रिहाना फेन्टीलाई चिन्ने धेरै हुन सक्छन् । हो, उनी आफ्नो कर्णप्रिय संगीत, मधुर स्वर र मनमोहित पार्ने अभिनयका कारण विश्वकै सेलिब्रेटीमा दरिएकी छन् । गीतसंगीतबाटै उनी अर्बपति बनेकी छन् । अमेरिकी अखबार ‘फोब्र्स’ पत्रिकाको यो वर्षको ‘विश्वका सय जना सेलिब्रेटी’ को सूचीमा उनी संगीतकारका रूपमा ८४ औं स्थानमा छिन् । आफ्नो मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउन पनि सफल भएकी छन् ।
पछिल्लो समय बारबाडियन गायिका संगीतकार रिहानाको परिचय कूटनीतिज्ञ र महिला उद्यमीका रूपमा पनि स्थापित भएको छ ।कान्तिपुरमा विस्तृतमा छापिएको छ ।