
काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ । साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा व्यवस्था गर्न पनि सुझाव आएको छ । पार्टीको सबै तहमा समावेशी कोटाको सम्पूर्ण सदस्यभन्दा कम नहुने गरी खुला कोटाको व्यवस्था गर्नुपर्ने पनि सुझाव आएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।