काठमाडौं, १३ फागुन — स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघ रामापुर बहुमुखि क्याम्पस सैनामैना बुटवलका इकाइ सह सचिव अपहरणमा परेका छन् । नेविसंघका सह सचिव सोनु चौकरीलाई अपहरणकारीले अपहरणपछि कुटपिट समेत गरेका छन् ।
कुटपिटपछि उनी अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचाररत छन् । उनले आफूलाई आँखामा पट्टी बाँधेका व्यक्तिहरुले अपहरणपछि कुटपिट गरेको बताए । गएराति आफूलाई रातभर बन्ध बनाएर कुटपिट गरिएको उनले बताएका छन् ।
उनलाई आज विहानै ३ बजे सैनामैना लखनचोक नजिकैको कलौनी प्रतिक्षालयमा लगेर छोडिएको थियो । उनले आफूलाई यो चुनावमा नउठ्नको लागि धम्की आएको समेत बताए ।
घटनाको विरोधमा नेपाल विद्यार्थी संघले रामापुर क्याम्पस अघिको बाटो एक घण्टा सम्म बन्द गरेको छ ।