०९ साउन २०८३, शनिबार

आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं–आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । बदलिदो जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण विकासशिल राष्ट्रका लागि मुटु रोग चुनौति बन्न थालेको छ । 

नेपालमा नसर्ने रोगमध्ये मुटुरोगले जटिल अवस्था निम्त्याउँदैछ । मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । पहिला–पहिला जुन खालका मुटुरोग देखिन्थे त्यो विस्तारै कम हुँदै गएको छ । जस्तो बाथरोगबाट भल्ब बिग्रने रोगहरू पहिलेको तुलनामा कम हुँदै गएको छ ।

नेपालमा मुटुरोगको उपचार महँगो छ तर पहिलेको तुलनामा केही सस्तो हुँदै आएको छ । जुन किसिमको शल्यक्रियामा पहिले जति खर्च लाग्दथ्यो अहिले त्यसको ५० प्रतिशत कममा उपचार हुन्छ । सरकारी अस्पतालमा मुटुको शल्यक्रिया गर्दा तीनलाख रुपैयाँसम्म खर्च हुने गरेको छ । 

नेपाल बाहिरका अन्य देशमा भने मुटुरोगको उपचार अत्यन्त महँगो रहेको छ । नेपालमा हृदयघात सम्बन्धी रोगहरूको दर पाँच प्रतिशत रहेको छ भने उच्च रक्तचाप २० देखि २५ प्रतिशतसम्म रहेको छ । हृदयघातले धनी र गरिब, ‘हाइ प्रोफाइल’ र ‘लो प्रोफाइल’ पनि भन्दैन । मुटुको जोखिमले जुन व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्