०२ असार २०८३, मंगलबार

फेसबुकमा फेरि आक्रमण, अनुसन्धान शुरु

फेसबुकमा फेरि आक्रमण, अनुसन्धान शुरु

काठमाडौं– फेसबुकले आफ्नो साइटमा ह्याकरहरुको गम्भीर आक्रमण भएको स्वीकार गरेको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ ।

ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको बारेमा आन्तरिक जाँच भइरहेको फेसबुकले जनाएको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ ।

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुकमा पोस्ट लेख्दै  ५ करोड प्रयोगकर्ताको अकाउन्ट ह्याकरहरुले गलत प्रयोग गरे कि गरेनन् भन्ने बारे आफूहरुलाई जानकारी नभएको तर यसबारे अनुसन्धान जारी रहेको र थप जानकारी हुने बित्तिकै अपडेट गर्ने बताएका छन् । 

उनले सावधानीका रुपमा  भ्यु एज फिचरलाई हालका लागि बन्द गरिएको र यो आक्रमणबारे पत्ता लागेपछि भ्यु एज फिचर गर्ने सबैको अकाउन्ट लग आउट गरेको बताएका छन् । फलस्वरुप थप ४ करोड प्रयोगकर्ताले एपमा पासवर्ड हाली पुनः लग इन गर्नु पर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्