१५ असार २०८३, सोमबार

प्रदेश राजधानी नतोकिएपछि धनगढीमा आमहड्ताल

असोज १३, २०७५
प्रदेश राजधानी नतोकिएपछि धनगढीमा आमहड्ताल

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि धनगढीमा आमहड्ताल गरिएको छ ।

बन्दकर्ताले शनिवार बिहानैदेखि धनगढी बजार बन्द गराएका छन् । बन्दका कारण जनजीवन कष्टकर बनेको छ । यातायात, बजार पूर्णरुपमा बन्द गरिएका छन् भने बजारमा अटो रिक्सा समेत चल्नमा कडाइ गरेका छन् । बन्दकर्ता विभिन्न चोकचोकमा जम्मा भएर नाराबाजी गरिरहेका छन् ।

धनगढी नागरिक समाजको अगुवाइमा आमहड्ताल भइरहेको हो । बन्दलाई मध्यनजर गर्दै धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकेको थियो ।

तर, शुक्रवार संसद बैठकले प्रतिपक्षी दलको बहिष्कारका बावजुत प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा बहुमतले तोक्ने निर्णय गरेपछि धनगढीवासी आन्दोलित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्