२३ असार २०८३, मंगलबार

डा. ओममूर्ति अनिलको सुझाव–वैदेशिक रोजगारीबाट फर्किएपछि मुटु जँचाउनुस्

असोज १३, २०७५
डा. ओममूर्ति अनिलको सुझाव–वैदेशिक रोजगारीबाट फर्किएपछि मुटु जँचाउनुस्

काठमाडौं– हेर्दा स्वास्थ्य देखिने २३ वर्षका एक युवा ग्राण्डी अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको उपचार कक्षमा आए । 

हार्टअट्याकको समस्याबाट पीडित ती युवा डा.ओममूर्तिसँग परामर्श तथा उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए । 

केही महिना अघि वैदेशीक रोजगारीको लागि करात गएका उनमा आफ्नो परिवारलाई लिएर चिन्ता थियो । 

अर्काको देशमा रोजगारीमा रहेका उनको मनमा घरपरिवारको चिन्ता र कामको तनाव थियो । तनाव कम गर्न उनले चुरोट सेवन गरे । अत्याधिक चुरोट सेवनका कारण एकदिन उनलाई अकास्मात हार्टअट्याक भयो  । हार्टअट्याकबाट मुर्छित भएका उनलाई साथीहरुले समयमा अस्पताल पु¥याए र उनी बाँचे । 

तर  हार्टअट्याक  भएपछि उनी पुरा समय काम गर्न नपाउदै स्वदेश फिर्ता हुनुप¥यो । नेपाल आएपछि उनी डा. ओममूर्तिसँग आफ्नो मुटुको परीक्षण गराइरहेका छन् ।

‘नेपाल आएपछि ती युवा यहाँ आए, मैले एन्जियोग्राफी गरे तर केही समस्या देखिएन, तर उनलाई हार्टअट्याक भएको थियो,’ डा. ओममूर्तिले लोकान्तरसँग भने, ‘धेरै तनाव लिएर स्मोकिङ गर्दा हार्टअट्याक भयो, वैदेशिक रोजगारीबाट बीचमै फर्कनुपर्‍यो, अहिले मसँग नियमित मुटु परीक्षणका लागि आइरहन्छन् ।’

२३ वर्षिय युवाले आफ्नो स्वास्थ्यलाई ख्याल नगरी बढि तनाव लिदा उनको बैदशिक रोजगारीको बाटो नै बन्द भयो । 

यी युवा त प्रतिनिधि पात्र मात्रै हुन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा तनावका कारण मुटुरोगको समस्या बढ्दै गएको डा. ओममूर्तिको भनाइ छ ।

विदेशमा कामको शिलशिलामा गएका धेरै युवाहरु मुटुसम्बन्धी समस्याका कारण बीचमै स्वदेश फर्किनु परेको घटना धेरै भएको उनी बताउँछन् ।

‘वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीको स्वास्थ्य संकटमा रहेको हामीले महशुस गरेका छौं,’ डा. ओममूर्तिले लोकान्तरसँग भने, ‘हेल्थचेकअप नहुँदा तनावका कारण स्मोकिङ, अल्कोहल सेवन गर्ने कारणले हार्टअट्याक भएर बीचमै स्वदेश फर्किनुपरेको छ ।’ 

विदेशमा रहने नेपालीको मुटु यसकारण जोखिममा छ :
तनावपूर्ण वातावरणमा काम गर्नुपर्दा 
अत्याधिक चुरोट रक्सी सेवन गर्दा
शारीरिक व्यायम गर्न नपाउँदा
आफ्नो अनुकुलतामा सन्तुलित भोजन खान नपाउँदा

परिवारसँगको विछोडमा परदेशमा रहेका नेपालीले तनावपूर्ण वातावरणमा काम गर्नुपर्दा उनीहरुमा मुटु रोगको जोखिम उच्च रहेको छ । 

डा. अनिलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मुटु स्वास्थ्य राख्नका लागि समय मिलाएर दैनिक एक वा आधा घण्टा हिड्न, रक्सी र धुम्रपान टाढा रहन सुझाव दिएका छन् । उनले विदेशमा गएर दुःख पाउनुभन्दा नेपालमै रहँदा राम्रोसँग स्वास्थ्य परीक्षण गराउन र छुट्टिको समयमा नेपाल आउँदा एकपटक स्वास्थ्य जाँच गराएर मात्रै विदेश जान सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्