०३ साउन २०८३, आइतबार

महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने

महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने

काठमाडौं– महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छिन् । 

ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएकी हुन् । 

महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्