
विराटनगर – पुराना परिकार नयाँ पुस्ताले बिर्सिंदै छन् । युवापुस्तामा थारु परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकार चिन्तित छन् ।
यतिबेला थारु युवायुवती मोडल यसलाई जीवन्त राख्न लागि परेका छन् । थारु कला केन्द्रले युवायुवतीमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश स्तरीय थारु आइकन २०१८ आयोजना गरिरहरँदा सहभागी मोडललाई थारु परिकार बनाउने अभ्यास गराइँदैछ ।
१ नम्बर प्रदेशका विभिन्न जिल्लाका अडिसनबाट छनौट भएका ४२ जना थारु समुदायका मोडललाई अहिले विभिन्न आन्तरिक प्रशिक्षण दिइएको हो । थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासका अनुसार अहिले विभिन्न शहरबाट छनौट भएका मिस्टर एण्ड मिस थारु आइकनलाई विराटनगरमा थारु कला संस्कृति, भेषभुषा, भाषा, पौराणिक तथा ऐतिहासिक लोपोन्मुख कला, लोकसंस्कृति नृत्यको बारेमा आन्तरिक प्रशिक्षणमा राखिएको हो ।
यसैबीच, मिस्टर एण्ड मिस थारु आइकन २०१८ का प्रतिस्पर्धीले थारु समुदायको खानेकुराका परिकार बनाएका छन् । विराटनगर–९ मा रहेको लर्ड बुद्ध कलेजमा उनीहरूले थारु परिकार बनाएका हुन् । पछिल्लो पुस्तालाई थारु समुदायको परिकार बारेमा बनाउने तरिकाबारे प्रशिक्षण दिएको मिस्टर एण्ड मिस थारु आईकन २०१८ का ईभेन्ट मेनेजर प्रवलदिप विस्वासले जाकारी दिए ।
मोडललाई मोडलिङ मात्र नभएर थारु समुदायको भाषा, संस्कृति, लोपोन्मुख कलाबारे पनि प्रशिक्षण दिएको विस्वासले बताए । मिस्टर एण्ड मिस थारु आइकनले थारु समुदायको वगिया, भक्का, सितुवा, गगांटा, घोङ्गी, आलुचप, पकौडा, सिद्रा, माछा लगायतका परिकार बनाएर प्रदर्शन गरेका थिए । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको अडिनबाट प्रथम हुने ६ जना बिजेतालाई २ लाख पुरस्कार प्रदान गरिने छ । मिस्टर एण्ड मिस थारु आइकन २०१८ को कोरियोग्राफी मोडल सपना राजवशीले गर्दै आएकी छिन् ।
शौरभ चौधरी, विशाल चौधरी, अमित चौधरी, मनिलाल चौधरी, शुसान्त कुमार सरदार, अमन चौधरी, जीतनाराण चौधरी, गणेश चौधरी, सिजन चौधरी, अनिस चौधरी, गौरव विस्वास, ओमप्रकाश चौधरी, तेजेन्द्रकुमार विस्वास, मुकेशकुमार चौधरी, शुभाष कुमार चौधरी, जीवन माझी रहेका छन् ।