१७ असार २०८३, बुधबार

नेपाली र भारतीय मन्त्रीले एकसाथ गरे जानकी मन्दीरमा पूजाअर्चना

नेपाली र भारतीय मन्त्रीले एकसाथ गरे जानकी मन्दीरमा पूजाअर्चना

धनुषा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले आज संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । 

जानकी मन्दिरको दर्शन तथा पूजाअर्चनापश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पेट्रोलियम मन्त्री प्रधानले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रियोस् भन्ने चाहेको बताए । 
उनले नेपाली जनताको सुविधाका लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र गतिमा भइरहेको बताए । 

नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेको उक्त ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको समीक्षा गर्न आफू नेपाल भ्रमणमा आएको उनले बताए । 
 मन्त्री प्रधानले पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे । 

उद्योगमन्त्री यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि पेट्रोलियम पदार्थका क्षेत्रमा देखिएका समस्या र झन्झट हट्ने दाबी गरे । 
अन्तर्राष्ट्रियस्तरको परियोजनाका रुपमा सबैभन्दा पहिले अमलेखगन्ज–मोतिहारी पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्