०९ साउन २०८३, शनिबार

ऋत्तिक रोशन भए डिप्रेसनको शिकार, खोजिरहेछन् उपचार

कात्तिक २०, २०७४
ऋत्तिक रोशन भए डिप्रेसनको शिकार, खोजिरहेछन् उपचार
काठमाडौं, १३ फागुन — ऋत्तिक रोशनको नयाँ फिल्म काबिल बक्स अफिसमा हिट भएपनि उनका समस्याहरू सकिएका छैनन् । समस्याले ल्याएका तनावका कारण उनी जर्मनी गएर मानसिक शान्ति खोजिरहेका छन् ।


सन् २०१६ ऋत्तिकको खराब वर्ष रह्यो । उनको बिहे पनि टुट्यो अनि कंगना रनावतसँग ठूलो झगडा प–यो ।

अनि मोहनजोदारो फिल्म पनि पूरै फ्लप भयो । अहिले चाहिँ काबिलले उनलाई अलिकति राहत दियो ।

काबिलको सफलतापछि चाहिँ उनले आफ्ना लागि समय छुट्ट्याउने सोच बनाएका हुन् । बाँकी रहलपहल डिप्रेसन पनि हराओस् भनी उनी जर्मनीमा रहेको एक हेल्थ स्पामा गएर समय बिताउँदैछन् ।

साथीहरूको सल्लाह सुनेर उनी त्यता गएका हुन् । परिवार र साथीभाइलाई नलिइकन उनी एक्लै त्यता हान्निएका हुन् ।

फेब्रुअरी महिनाभरि उनी त्यहाँ बस्नेछन् र सम्भवतः मार्चको पहिलो हप्ता जर्मनीबाट मुम्बई फर्किनेछन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्