०८ असार २०८३, सोमबार

पार्टी विधान संशोधनमा जुटेको छ – कांग्रेस उपसभापति निधि

पार्टी विधान संशोधनमा जुटेको छ – कांग्रेस उपसभापति निधि
फाइल फोटो

घोराही – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् ।

प्रेस युनियन दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताए । सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ थियो ।

कांग्रेस ऐतिहासिक पार्टी भएको हुँदा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रूपमा अगाडि बढाएको दाबी गरे ।

उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिए । नेता निधिले कम्युनिस्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए ।

'विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,' निधिको आरोप थियो । 

salt training

कमेन्ट गर्नुहोस्