०४ असार २०८३, बिहीबार

जग्गा भाडाबाट आठ लाख आम्दानी

कात्तिक २०, २०७४
जग्गा भाडाबाट आठ लाख आम्दानी
पाँचथर, १३ फागुन। फिदिमनगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उहाँले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन्। बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उहाँलाई हतारो भएको छ ।

विसं २०४७ देखि कृषि पेसा अङ्गाल्नुभएका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विभिन्न निकायबाट सम्मानित समेत भइसक्नुभएको छ । कृषि क्षेत्रको आम्दानीबाटै उहाँले पक्की घर, घडेरी जोडेका छन् । उनले तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म आम्दानी गर्दैआउनुभएको छ ।

“सरकारले कृषकलाई यथेष्ट मात्रामा अनुदान दिनुपर्छ,” काफ्लेले भने, 'व्यावसायिक रुपमा लागेका कृषकलाई उत्साहित गर्न कृषिसम्बन्धी तालिम, उपकरण प्रदान गरे राहत हुने थियो।” काफ्ले परिवारले वार्षिक रु ३० हजारमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ।

जिल्ला कृषि विकास कार्यालयले आवश्यक परामर्श, प्राविधिक सहयोग, औजारलगायत सामग्री उपलब्ध गराउँदै आएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए। रासस

salt training

कमेन्ट गर्नुहोस्