
काठमाडौं–असोज ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ʻजय भोलेʼले प्रचारप्रसारलाई तिव्र पारेको छ ।
चलचित्र प्रचारका लागि मुख्य कलाकारहरु केही दिनयता राजधानीका स्कूल तथा कलेज यात्रामा छन् । कलाकारहरु खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, निर्माता तथा निर्देशक अशोक शर्मा लगायतको टिमले अहिले स्कूल तथा कलेजमा पुगेर विद्यार्थीहरुसँग साक्षात्कार गर्दै आएको हो ।
केही दिन अघिदेखि प्रचारप्रसारलाई तिव्र बनाएको चलचित्र यूनिटले एक दर्जन बढी कलेज तथा स्कूलमा पुगिसकेको छ भने आईतबारबाट तीन दिनसम्म उपत्यकाका एक दर्जन बढी स्कुल तथा कलेजमा पुगि विद्यार्थीहरुसंग साक्षात्कार गरिने निर्माता तथा निर्देशक अशोक शर्माले बताए ।
स्कूल–कलेज पुगेका यूनिटले चलचित्रबारे हाजिर जवाफ तथा विभिन्न खेलकुद कार्यक्रम गरि विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्दै आएको छ ।