१० साउन २०८३, आइतबार

काठमाडौंमा पटाका ल्याउँदै हुनुहुन्छ ? थानकोटमा कुकुरले समात्ला !

काठमाडौंमा पटाका ल्याउँदै हुनुहुन्छ ? थानकोटमा कुकुरले समात्ला !
फाइल तस्बिर

काठमाडौं– प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना शुरु गरेको छ । प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा चेकजाँच, गस्ती र निगरानीमा कडाइ गरेको हो । 

दसैंको बेला काठमाडौं उपत्यका छाडेर पुख्र्यौली घर जाने सर्वसाधारणको घरको सुरक्षा गर्नेदेखि सरकारी कार्यालयको सुरक्षा व्यवस्थापन गर्ने गरी प्रहरीले सुरक्षा योजना अगाडि बढाएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुने संभावित सुरक्षा चुनौतीको विश्लेषण गरी सुरक्षा योजना तयार पारेको हो । चाडपर्वका बेला कुटपिट, चोरी, अवैध मदिरा बिक्री, आगजनी, विस्फोटन, ठगी लगायतका अपराधिक घटना हुने भएकाले विशेष सुरक्षा योजना बनाइएको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले बताए । 

प्रहरीले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोबारको सुरक्षा र धार्मिक स्थल तथा कार्यको सुरक्षालाई प्राथमिकतामा राखेको छ । 

सीमा नाकामा कुकुरले चेकजाँच गर्ने 

प्रहरीले दशैं र तिहारका बेला अवैध रुपमा हुने पटाकालगायत विस्फोटक पदार्थको ओसारपसार रोक्न विशेष सुरक्षा योजना अगाडि बढाएको छ । प्रहरीले काठमाडौं उपत्यकामा भित्रिने सबै नाकामा कुकुर परिचालन गरी चेकजाँच गर्ने जनाएको छ । 

काठमाडौं भित्रिने मुख्य नाका थानकोट अन्य नाकामा पनि कुरसहितका ७ वटा टोली परिचालन गरिने प्रहरीले जनाएको छ । 

दशैंका बेला ३५३५ प्रहरी परिचालन हुने 

दशैं, तिहार र अठ पर्वका बेला काठमाडौंको सुरक्षा व्यवस्थापन गर्न ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन हुने छन् । 

प्रहरीले ड्युटीका प्रकार र क्षेत्र छुट्याएरै परिचालन हुने योजना बनाएको छ । प्रहरीले सर्वसाधारणको घर, विशिष्ट व्यक्तिको आवत–जावत हुने क्षेत्र, वित्तिय संस्था, यातायात सञ्चालन हुने स्थान, किनमेल हुने क्षेत्र, सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका, होटेल, राजमार्ग र ग्रामिण क्षेत्रमा छुट्टा–छुट्टै टोली परिचालन गर्ने योजना बनाएको छ । 

छुट्याइएका क्षेत्रमा गस्ती गर्न ६० जना प्रहरी परिचालन हुने छन् भने साइकल गस्तीका लागि ३६ जना, मोटरसाइकल गस्तीका लागि ३० जना तथा गाडीबाट २४ जनाको टोलीले गस्ती गर्ने छ । 

प्रहरीले दसैं, तिहारको सुरक्षा व्यवस्थापनका लागि ७० जना भन्दा बढीलाई सिभिल ड्रेस (सादा पोषाक)मा परिचालन गर्ने छ ।   

salt training

कमेन्ट गर्नुहोस्