२५ जेठ २०८३, सोमबार

शहीद स्मारकमा सङ्कटाको विजयी शुरुवात, सरस्वती युथ क्लब १–० गोलले पराजित

शहीद स्मारकमा सङ्कटाको विजयी शुरुवात, सरस्वती युथ क्लब १–० गोलले पराजित

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज (अाइतवार) भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको लिगको पहिलो चरणको दोस्रो खेलमा सङ्कटाले सरस्वतीलाई १–० गोल अन्तरले हराएका थिए । जीतसँगै सङ्कटाले लिगमा शीर्ष तीन अङ्क जोडेको छ । 

सङ्कटाको जीतमा लक्ष्मण रुचालले गोल गरे । उनले खेलको दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा गोल गरेका थिए । सङ्कटा लिग तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्