
काठमाडौं — तपाईं विपरीतलिंगी आफूप्रति आकर्षित हुन् भन्ने इच्छा पक्कै पनि राख्नुहुन्छ । कसरी आफूलाई आकर्षक बनाउने त ? आउनुस् जानौं केही तरिकाहरू :
हास्यचेत
अनुसन्धानले के देखाउँछ भने महिलाहरू आफूलाई हँसाउने पुरुष मन पराउँछन् भने पुरुष चाहिँ आफूले गरेको जोकमा हाँस्ने महिलालाई मन पराउँछन् । एक अनुसन्धानमा धेरैजसो पुरुष र महिलाले आफ्नो सम्भावित पार्टनर हास्यचेत भएको मान्छे होस् भनी बताए ।
मन पराएको देखाउनु
तपाईं आफ्नोप्रति कसैको चासो बढोस् भन्ने चाहनुुहन्छ भने आफू उक्त व्यक्तिप्रति अत्यन्तै आकर्षित भएको देखाउनुस् । प्रेममा पर्ने ९० प्रतिशत मान्छेले अर्को मान्छे आफूप्रति स्नेही रहेकोले माया जागेको बताए ।
कुरा गराई
तपाईं आफूले मन पराएको व्यक्तिसँग जे मन लाग्यो त्यही कुरा नगर्नुस् किनकि तपाईंको कुरा गराईले त्यो व्यक्तिमा एकखाले असर परिरहेको हुन्छ । भावनात्मक र व्यक्तिगत जानकारी आदानप्रदान गर्दा सम्बन्धका घनीभूत भावहरू पैदा हुन्छन् ।
पहिलो नजरको प्रेम
पहिलो नजरको प्रेमको अवधारणा सही भएको अनुसन्धानले देखाएका छन् । ‘लभ एट फर्स्ट साइट’का लेखक डा. अर्ल नौमानले १५ सय सबै जातजातिका मानिसको अनुसन्धान गर्दा पहिलो नजरमै प्रेममा परेको पाए । लगभग दुई तिहाई जनसंख्याले पहिलो नजरको प्रेमका बारेमा बताए । पहिलो नजरको प्रेममा विश्वास गर्ने मान्छे साँच्चिकै यस्तो प्रेममा पर्छन् ।
व्यक्तित्व
इमान्दार र सहज व्यक्तित्व भएको मानिस राम्रो प्रेमी हुन्छ भने बेइमान र अप्ठ्यारा मान्छेका धेरै यौनसाथी हुन्छन् ।
कस्तो भाव जाग्छ ?
अनुसन्धानका अनुसार हामी कसैसँग प्रेममा पर्दैनौं । हामी त मन परेको मान्छेसँग हुँदा पाइने मीठो अनुभवको प्रेममा पो पर्छौं । प्रियजनसँग बस्दा उत्साहित, उत्तेजित र आनन्दित भयौं भने हामीप्रति उसको पनि प्रेम जाग्छ ।
एजेन्सीकाे सहयाेगमा