१३ असार २०८३, शनिबार

सरकारी अभियान : १६ हजारभन्दा बढी साइटमाथि निषेध

असोज १५, २०७५
सरकारी अभियान : १६ हजारभन्दा बढी साइटमाथि निषेध

काठमाडौं–सरकारले समाजमा यौनहिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरूको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा वढी यस्ता साइटमाथि बन्देज लगाएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ । यौन हिंसाप्रति सरकार गम्भीर रहेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने– ‘यस्तो घटना न्यूनीकरणका लागि सबै पोर्न साइट बन्दै गर्दै छौं ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

कमेन्ट गर्नुहोस्