
काठमाडौं–आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् । फाइल नष्ट गरे पनि उनीहरूले भ्रष्टाचार भने लुकाउन सकेनन् ।
नयाँ पत्रिकाले खबर छापेको छ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।