
काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मलेसिया जाँदै छ । आईसीसी विश्व टी–ट्वान्टी क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ मा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
पारस खड्काको कप्तानीमा रहेको १४ सदसीय नेपाली टोली अपराह्न १ बजे मलेसिया प्रस्थान गर्ने कार्यकम रहेको छ । मलेसियाको क्वालालम्पुरमा हुने छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेलमा म्यानमारसंग बिहिबार खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ ।
यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् ।