
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् । पत्नी सीताको उपचारको लागि सिंगापुर गएका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड सोमबार बेलुका काठमाडौं फर्किन लागेका हुन् ।
प्रचण्ड पत्नी सीताको ‘फलोअप’ उपचारका लागि यहि असोज १० गते त्यसतर्फ गएका थिए । २०७४ को दशैं अघि गम्भीर बिरामी भएकी सीतालाई छोरा प्रकाशको निधनपछि बढी चोट परेको र त्यसपछि उनी निरन्तर अस्वस्थ रहँदै आएको परिवारका सदस्यहरुले बताएका छन् ।