०४ असार २०८३, बिहीबार

दुर्गा माताको पूजा गर्दै चलचित्र 'निसाफ' फ्लोरमा

कात्तिक २०, २०७४
दुर्गा माताको पूजा गर्दै चलचित्र 'निसाफ' फ्लोरमा
काठमाडौं, १३ फागुन – चलचित्र निसाफको भक्तपुरको गठ्ठाघरमा दुर्गा माताको पूजा गर्दैै चलचित्रको छायांकन गरियो । चलचित्रमा अनुप विक्रम शाहीको मुख्य भूमिका देख्न सकिन्छ ।

शाहीले चलचित्रको एक संवाद बोल्दै चलचित्रको मुहूर्त गरे । चलचित्रलाई नेत्र गुरुङले निर्देशन गर्दैछन् । आपराधिक कथामा बन्न लागेको चलचित्रमा सरोज खनाल, यादव वैरागी, सगुन थापा लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

दिव्य सुवेदीको छायांकन रहने चलचित्र सुपरियल फिल्मको व्यानरमा बन्न लागेको हो । मुख्य सहायक निर्देशकका रुपमा भने विजयराज पौडेललाई देख्न सकिनेछ ।
६० लाखको बजेटमा निर्माण गर्न लागिएको चलचित्र ३५ दिनभित्र काठमाडौं र भक्तपुरमा छायांकन गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्