२५ जेठ २०८३, सोमबार

नेकपामा अनौठौ संयोग– शीर्ष नेता विदेश जाँदा पार्टीमा भाँडभैलो !

नेकपामा अनौठौ संयोग– शीर्ष नेता विदेश जाँदा पार्टीमा भाँडभैलो !

काठमाडौं–गत जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भइरहँदा तत्कालीन नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि विदेश भ्रमणमा थिए । एमालेमा अध्यक्षपछि दोस्रो बरियतामा रहेका खनालको वरियता एकतासँगै खोसियो । 

एमालेको विधानमा निवर्तमान अध्यक्ष बरिष्ठ नेता हुने प्रावधान अनुसार खनाल ओलीपछि दोस्रो वयितामा थिए । तर पार्टी एकतापछि बनेको नेकपामा खनालको बरियता दुई अध्यक्ष भन्दा तल नभइ चौथो नम्बरमा पुग्यो  । नेता खनाल विदेश भ्रमणमा रहेको समयमा यता स्वदेशमा उनको वरियता खोसियो । खनालको ठाउँ माधव नेपालले लिए । आफ्नो वरियता खोसिएकोमा खनालले आपत्ति जनाए, तर उनको खोसिएको वरियता फिर्ता भएन ।

खनाल विदेशमा रहेको समयमा नेपाललाई एउटा राजनीतिक लाभ त भयो, तर आफू विदेशमा रहेको समयमा प्रवृत्ति दोहोरियो । नेता नेपाल साम्राज्यवाद विरोधी कार्यक्रमको शिलशिलामा अफ्रिका भ्रमणमा रहेको समयमा नेकपाको सचिवालय बैठकले प्रदेशको इन्चार्ज टुंगो लगायो, जहाँ आफू पक्षका नेतालाई बाइपास गरिएको आरोप माधवकुमार नेपालले लगाइरहेका छन् । 

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गए । त्यसको केही दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गए । दुई अध्यक्ष बाहिर रहेको समयमा नेकपामा विवाद सल्कियो । 

दुई अध्यक्ष बाहिरिदा कार्यवाहक अध्यक्ष समेत नपाएको र प्रदेश इन्चार्जहरुको चयनमा आफूलाई वेवास्ता गरिएको रिस माधब नेपालले संसदको बजेट अधिवेशन सकिने दिन पोखे । नेता नेपालले सरकारका काम कारवाही र मन्त्रीको कार्यशैली विरुद्ध संसदमा खरो उत्रिएपछि नेकपाको विबाद सतहमा आयो । 

संसदमा सरकारविरुद्ध खनिएको दोस्रो दिन नेता नेपालले स्थायी समितिका सदस्यहरुसँग चियापानको नाममा छलफल राखेपछि विबादले उग्र रुप लियो । 

नेकपाका कमिटीहरु प्राथ शिथिल रहेको समयमा सामाजिक सञ्जालमा घोचपेच र आक्रोश व्यक्त भइरहेका छन् । 

पार्टी एकताको पाँच महिना नपुग्दै नेकपा भित्र विबादको विजारोपण भएजस्तो देखिएको छ । जति बेला नेकपामा शीर्ष नेताहरु विदेश भ्रमणमा हुन्छन्, पार्टी भित्र भाडभैलो हुने संयोग देखिएको छ । 

नेकपा भित्र उकुसमुकुस

सतहमा माधव नेपालले असोज ११ गते संसद अधिवेशनको समापन मन्तव्यका क्रममा प्रतिनिधि सभा बैठकमा सरकारको आलोचना गरेको घटनाले विबादको  ‘श्रीगणेश’ गरेजस्तो देखिएपनि नेकपाका भित्र पार्टी एकताको समयदेखि नै उकुसमुकुस देखिएको थियो । 

माधव नेपालले संसदमा सरकारको आलोचना गरेपछि नेकपा भित्र विबादको राँको दन्किएजस्तो देखियो । तर नेपालले सरकारको काम कारवाहीबारे त्यसअघि नै असन्तुष्टि जनाएका थिए र संसदमै बोल्ने बताएका थिए । 
माधव नेपालले संसद सम्वोधनका क्रममा सत्य स्वरुप आचार्यले गाएको गीत ‘मेरो देश डुव्नै लाग्यो किनार लगाइदेउ, सपुत छौ कि कोही माझी बचाउ’संग जोडेका थिए । नेता नेपालले यसअघि संसदमा बोल्दा आफूले बोलेको कुरा स्मरण गरेका थिए, न कि ओली सरकारले देश डुवाउन लाग्यो भनेका हुन् । 

तर बुझ्नेले त्यसैगरी बुझे, स्वय प्रधानमन्त्री ओलीले अमेरिकाबाट जवाफ फर्काए— ‘देश डुब्दैन म आउँदै छु ।’

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं बौद्ध सडक अनुगमनका लागि मन्त्रीलाई लिएर निस्केका नेताले काम नभएपछि सरकारप्रति असन्तुष्ट देखिएका नेता नेपालले संसदमै आफ्नो कुरा राख्ने बताएका थिए । सरकारका काम कारवाहीमाथि संसदमा गरिएको रचनात्मक आलोचना प्रत्युत्पादक जस्तै बन्यो ।

अध्यक्षद्वय विदेश भ्रमणमा जाँदापनि तेस्रो वरियतामा रहेको आफूलाई कार्यबहाकको जिम्मेवारी नदिइएको आक्रोश अभिव्यक्त भएको ओली समूहको आरोप छ । तर, नेपाल समूहको दाबी भने अर्कौ छ । अध्यक्ष ओलीको व्यक्तिवादी कार्यशैलीले पार्टी कमिटी ध्वस्त बन्दै गइरहेको नेपाल समूहको भनाइ रहेको छ ।  

विबादको चुरो : नमिलेको ‘हाइड्रोजन र अक्सिजन’

चार महिना लगाएर प्रदेश इन्चार्जको टुंगो लागेपनि त्यसले नेकपामा प्रचण्डले पार्टी एकता गर्ने क्रममा दाबी गरेजस्तो ‘हाइड्रोजन र अक्सिजन’ मिलेको छैन, बरु नयाँ खटपट र उकुसमुकुश शुरु भएको छ । प्रदेश कमिटिको नेतृत्व दावी गरेका कयौं नेताहरुले जिम्मेवारी पाएनन भने, पाएका पनि सन्तुष्ट छैनन् । 

प्रदेश इन्चार्ज र अध्यक्ष तोक्दा सन्तुलन नमिलाइएको प्रति नेकपामा बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूह असन्तुष्ट छ । ‘पार्टी भित्र अधिनायकवादको अभ्यास हुँदैछ, तर बोल्ने अबस्था छैन’ नेकपाका एक असन्तुष्ट नेता भन्छन् । पार्टी एकता विरोधीको भिल्ला लाग्ने भयले उनीहरु बोल्न मान्दैनन् ।

नौ सदस्सीय सचिवालयमा फरक मत राख्ने दुईजना नेता मुलुक बाहिर रहेको समयमा इन्चार्ज र अध्यक्षको नियुक्ती गरिएको थियो । नियुक्तिको व्यक्ति मात्र होइन शैलीप्रति पनि नेपाल समूहको असन्तुष्टि छ । 

को–पाइलट बन्ने इच्छा ?

ओली अध्यक्ष बनेको केही समयपछि नै नेकपा भित्र चर्को विबाद सिर्जना भएको थियो । जिम्मेवारी कै विषयलाई लिएर तत्कालिन एमालेमा दुईपक्षबीच पानी बाराबारको स्थिति सृजना भएको थियो । एक व्यक्तिमा बहुमत हुन नहुने नेपाल समूहको भनाइ रहँदै आएको छ । 

विबादको चुरो जिम्मेवारी मै हो । केही नेतालाई दोहोरो जिम्मेवारी दिइएको र केहीलाई भूमिकाबिहीन बनाइएकोमा नेकपामा असन्तुष्टि चुलिएको छ । दुई पार्टी एकीकरण भएएर ४ सय ४१ सदस्सीय केन्द्रीय समिति बनेको छ । तर केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । 

पार्टी एकताको समयमा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका थिए । ‘कतिपयले भन्या छन्, दुईजना अध्यक्ष बनाएर के ग¥या होला ?’ ओलीले भने, ‘टोम्पो चलाको हो र एकजना हुन ? जेटमा त दुईजना पाइलट हुन्छन् । टेम्पोजस्तो होइन, जेटमा दुईवटा क्याप्टेन हुन्छन् हामी ड्राइभर भए पनि गाडी चल्ने चक्काले हो ।’

माधव नेपाल समूह पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पद एउटै व्यक्तिसंग राख्नु भन्दा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने पक्षमा छ । ओली पक्षका एक नेता भन्छन्—‘माधव कमरेडलाई कार्यबहाक नदिइएको ओक्रोश हो । ओली र प्रचण्ड जस्तै अर्को को पाइलट बन्ने नेपालको महत्वाकाक्षाले काम गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्