काठमाडौं — इन्डोनेसियामा भूकम्पपछि सुनामी आएका कारण सबैतिर विनाश भएको छ ।
यस्तो विपत पर्दा पनि १२ सयजनालाई चाहिँ फाइदा भएको छ । भूकम्पप्रभावित क्षेत्रका तीनवटा जेलबाट १२ कैदी विपतको फाइदा उठाएर भागेका छन् ।
न्याय मन्त्रालयले जारी गरेको बयानबाट यो संख्या पुष्टि भएको हो । भूकम्पप्रभावित पालुको एक जेलमा कैदी क्षमता १२० भएपनि क्षमताभन्दा निकै धेरै ५८१ बन्दी थिए ।
७.४ म्याग्निच्युडको भूकम्पका कारण जेलका भित्ता भत्किए र कैदीहरूले मौकाको फाइदा उठाए । भागाभाग हुँदा कैदीहरू भत्किएको भित्ताबाट गार्डलाई छक्याउँदै भागे ।
न्यायिक अधिकारी फुग उतामीले भने, ‘शुरूमा त सबै कुरा नियन्त्रणमै थियो तर भूकम्पले बेस्सरी हल्लाएपछि अनि सुनामी आएपछि स्थिति नियन्त्रणबाहिर गयो । यो परिस्थितिको फाइदा उठाएर कैदहिरू भाग्न सफल रहे । जेल
कर्मचारी यो हालतका कारण आत्तिए र कैदीलाई नियन्त्रण गर्न गाह्रो भयो । कैदीहरू सडकमा झुण्डै बनाएर निस्किए र भागे ।
जेल अधिकारीका अनुसार, कैदीहरूको नियत नै भाग्ने थियो । तर प्राकृतिक विपतपछि ज्यान जोगाउनका लागि कैदीहरू भागेका पनि हुन सक्ने उनीहरूको भनाइ छ ।
एजेन्सी