२८ जेठ २०८३, बिहीबार

बन्यो रोबोट झुसिलकीरा, मानिसको शरीरभित्र पसेर गर्छ उपचार

बन्यो रोबोट झुसिलकीरा, मानिसको शरीरभित्र पसेर गर्छ उपचार

काठमाडौं — संसारभरि वैज्ञानिकहरू मानिसको जीवन सहज बनाउनका लागि रोबोट विकसित गरिरहेका छन् । 

चिकित्साक्षेत्रको समस्या पहिचान गरेर समाधान गर्नका लागि पनि विशेष रोबोट बनिरहेका छन् । यसै क्रममा वैज्ञानिकहरूले सानो र नरम रोबोट बनाएका छन् जसले रोगीको शरीरभित्र औषधि पु–याउने काम गर्छ । 

रोबोट बनाउनका लागि झुसिलकीरालाई प्रेरणास्रोत बनाइएको छ । रोबोटमा चिप्लेकीराको जस्तो खुट्टा हालिएको छ र यो भारी तौल उठाउन सक्षम छ । 

सिटी युनिभर्सिटी अफ हङकङका अनुसन्धानकर्ताले विकसित गरेको यो रोबोट रगत जस्ता शरीरका तरल पदार्थमार्फत शरीरका भित्री भागमा सजिलैसँग पसाउन सकिन्छ । यो रोबोटमा एक मिलिमिटरभन्दा पनि साना सयौं तीखा खुट्टा हालिएका छन् । 

अनुसन्धानकर्ताहरूले यसलाई तयार पार्नुअघि जमीनमा घस्रिने सयौं प्राणीको खुट्टाको संरचनाको अध्ययन गरे । त्यसमा दुई, चार, आठ वा त्यसभन्दा बढी खुट्टा भएका प्राणी थिए । 

अनुसन्धानकर्ताहरूका अनुसार, खुट्टा तीखो बनाउँदा सुक्खा र तरल दुवै वातावरणमा सतहसँग घर्षण कम हुन्छ । 

यसमार्फत रोगीहरूको उपचारमा सहायता पुग्ने वैज्ञानिकहरूको भनाइ छ । रोबोट झुसिलकीराले शरीरका ती अंगसम्म औषधि पु–याउँछ जहाँ अहिले पुग्न एकदम गाह्रो छ । शरीरको जुन भागमा औषधि पुग्नुपर्ने हो, रोबोटले त्यहीँ पु–
याउने उनीहरूको दाबी छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्