काठमाडौं, १३ फागुन - अमेरिकामा बसोबास गर्दै आइरहेका नायक दिलिप रायमाझी नेपाली चलचित्र क्षेत्रबाट हराएको लामो समय भयो । फ्यानले उनको अभिनय हेर्न पाएका छैनन् । हालै भने उनले एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

गायक अर्जुन कौशलले आफ्नै शब्द, स्वर र लयमा तयार पारेको गीतको भिडियोमा दिलिप रायमाझी र अपेक्षा बस्यालको अभिनय देख्न सकिन्छ । तिम्रो रंग रसिलो बोलको गीतमा प्रेमील भाव प्रस्तुत छ ।
रेन्बो कम्पनीले बजारमा ल्याएको यो म्युजिक भिडियोमा शिव बिकको निर्देशन रहेको छ । भिडियोसँगै दिलिप रायमाझी कला क्षेत्रमा फर्केका हुने कि भन्ने आशा गरिएको छ ।