२९ जेठ २०८३, शुक्रबार

श्रीमतीको हत्या गरेको अभियोगमा १० वर्ष कैद

श्रीमतीको हत्या गरेको अभियोगमा १० वर्ष कैद

भोजपुर– जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । 

अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो । 

राईलाई कतव्र्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं बमोजिम १० वर्ष कैदको फैसला गरेको अदालतका ठिठ्ठा खड्गबहादुर खत्रीले जानकारी दिए । 

राईले गत जेठ १९ गते राति श्रीमती मेनुका राईको पेटमा लात्ती प्रहार गर्दा गम्भीर घाइते भएका उनको गत जेठ २० गते मृत्यु भएको थियो । हर्कबहादुरलाई प्रहरीले जेठ २० गते नै पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्